मुलुकको अर्थतन्त्रबारे प्रधानमन्त्री र अर्थमन्त्रीलाई सदनमा जवाफ दिनुपर्छः सांसद डा.वाग्ले

मुलुकको अर्थतन्त्रबारे प्रधानमन्त्री र अर्थमन्त्रीलाई सदनमा जवाफ दिनुपर्छः सांसद डा.वाग्ले

काठमान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको शुन्य समयमा वाग्लेले बजेटले लिएका लक्ष्य र समयसीमा अनुसार काम हुन नसकेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने सदनमा आएर जवाफ दिनुपर्ने बताउनुभएको हो ।

उहाले  रेमिट्न्यास, पयर्टक र निजि क्षेत्रले गरेको लगानीका कारण अर्थतन्त्रमा केहि सकारात्मक सूचक देखिएपनि सरकार आफैले भने केहि गर्न नसकेको तर्क गर्नुभयो । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएको उहाको भनाइ छ ।

उहाले बजेटमा उल्लेख बिभिन्न बिषयमा अर्थमन्त्रीलाई शंकाको लाभ दिएपछि त्यस अनुरुप काम नभएको जिकिर गर्नुभयो । वाग्लेले सरकारले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएपनि साढे तीन प्रतिशत ननाध्ने बिभिन्न प्रतिवेदनहरुबाट देखिएको धारणा राख्नुभयो ।