पप्पु कन्सन्ट्रक्सनका संस्थापक हरिनारायण रौनियार पक्राउ
वीरगन्ज, १५ असार । राष्ट्रियस्तरमै बदनाम निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।
त्यहि आरोपमा प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभयो । बाँके प्रहरीमा जाहेरी दर्ता भएकोले तर रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरेको बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको भनाई छ ।
रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए । निलम्बित अवस्थामै उनको कार्यकाल सकिएको थियो ।
admin