वीरगन्जमा डुबेको अवस्थामा १ जनाको शब फेला, हत्याको आशंका
वीरगन्ज । पर्साको वीरगन्जमा १ जनाको शब फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित माईदिया पोखरीमा डुबेको अवस्थामा एक जनाको शब फेला परेको हो ।
स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको शब बिहिवार बिहान १० बजे स्थानीयले पोखरियामा तैरिँदै गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबर पश्चात प्रहरीले उक्त शबलाई निकालेर मुचुल्का उठाएको प्रहरीले जनाएको छ । शबलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीको भनाई छ ।
admin