इजरायलबाट २५४ जना नेपाली नागरिकको उद्धार
काठमान्डौं । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपालीहरुलाई शुक्रबार विहान स्वदेश ल्याइएको हो । नेपालीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी टोली इजरायल गएका थिए ।
नेपालीको उद्धार गरेर स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।
नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम बिहीबार विहानसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएको उहाले बताउनुभयो । उहाले जोखिमपूर्ण स्थानमा रहेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिनुभयो ।
इजरायलमा जना नेपाली विद्यार्थीको निधन भएको र मृतकको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो । हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक ल्याउन नसकिएका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उहाले जानकारी दिनुभयो । उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पु¥याउने व्यवस्था पनि सरकारले गरेको छ ।
admin