अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र डुवानमा
काठमान्डौं । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र डुवानमा परेको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण नदि छेउमा रहेका वस्तीहरु डुवानमा परेको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको हो । बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा रहेको वस्तीहरुमा बाढी पस्दा करौडौंको क्षति भएको छ ।
यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।
अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
admin