२४ तोला सुनसहित झापाकी एक महिला पोखराबाट नियन्त्रणमा
वीरगन्ज । एक क्विन्टल सुन प्रकरणले चर्चा पाइरहेको अवस्थामा प्रहरीले २४ तोला सुन बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा जाने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । सुन कसको हो भन्ने अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।
admin