सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय सिरहाले मटरब्याजी आरोपमा एक महिलालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका वडा नम्बर ६ की ३५ वर्षीया सुजाता साहलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
उनकाअनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
admin