३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

चितवन । चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालमा ३ महिने एक गर्भवतीको उपचारका क्रममा  मृत्यु भएपछि तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंं–२६ बस्ने ३२ वर्षीया नविना महतोको उपचारको क्रममा गएराति मृत्यु भएको हो । तीन महिनाकी गर्भवती महतोलाई रक्तश्राव भएपछि परिवारले उपचारका लागि बिहीवार अस्पताल लगेका थिए ।

उहाँको हिजो दिउँसो अपरेसन गरिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको बताएका छन् । मृतकका आफन्तले अस्पतालको गेटमा ताला लगाएर घटनाको छानबिन गर्न माग गरेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।