आफु जहाँ गएपनि पर्साको बसाई सम्झिरहने डिएसपी गिरीको भनाई
वीरगन्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पर्साबाट सरुवा भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीलाई विदाई गरेको छ । एक वर्षको कार्यकाल सकिएसँगै जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा भएका डिएसपी गिरीलाई सोमवार एक कार्यक्रमका बीच ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले खादा र मायाको चिनोसहित विदाई गरेको हो ।
विदाई कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी एवम् जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका गिरीले पर्साको बसाई समग्रमा सुखद बितेको बताए । यहाँको कार्यकालका क्रममा समाजसेवी, व्यवसायी, उद्योगी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था, सञ्चारकर्मी लगायतको सहयोगले आफ्नो कार्यकाल सफल बितेको आभाष गरेको उनले प्रतिक्रिया दिए ।
सरुवा भएर जहाँ गएपनि पर्साबासीले सँधै याद गर्ने केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । साथै उनले आगामी कार्यकाल र नयाँ ठाउँको बसाई पनि सुखद बित्ने शुभेच्छा पनि प्रकट गरेका छन् । विदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मिया ठकुराई, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, वीरगन्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुदिन मियाँ, युवा अभियानता दिलिपराज कार्की लगायत केन्द्रका पदाधिकारी, सदस्यसँगै सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
admin