कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

काठमान्डौं । कोशी प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ । शुक्रबार कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । विश्वासको मत प्राप्तका लागि भएको मतदानका क्रममा कार्कीको पक्षमा  ४६ र विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री कार्की पदमुक्त हुनुभयो । मतदानका क्रममा प्रदेशसभामा ८९ सांसद उपस्थीति थिए । प्रदेशसभाका कायम संख्याको बहुमत प्राप्त गर्न नसकेका कारण मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्नुभएको प्रदेशसभाका सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा उभिएका थिए । कार्कीले विश्वासको मत नपाएपछि अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । अव कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ ।