युवा तथा खेलकुद मन्त्री लिम्बुद्वारा नारायणी रंगशालाको निरीक्षण

युवा तथा खेलकुद मन्त्री लिम्बुद्वारा नारायणी रंगशालाको निरीक्षण

वीरगन्ज ।  युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगन्जस्थित नारायणी अस्पतालको निरीक्षण तथा अनुगमन गरेका छन् । दशरथ रंगशालापछिको उपत्यका बाहिरकै सबैभन्दा पूरानो रंगशालाको अवस्थाका बारेमा मन्त्री लिम्बुले स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । 

आगामी २०८३ सालमा हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता मधेश प्रदेशमा गर्ने तयारीका लागि यहाँका खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका लागि आएको मन्त्री लिम्बुले बताए । उनकाअनुसार मधेश प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ । 

मन्त्री लिम्बुसँगै मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेल, भलिबल संघका केन्द्रीय सचिव फिरोज अली, नेपाली कांग्रेस वीरगन्ज महानगरका अध्यक्ष मणीलाल नेपाली लगायतको टोलीले रंगशालाको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेको हो ।