राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक बहुमतले पारित

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक बहुमतले पारित

काठमान्डौं । राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ु बहुमतले पारित भएको छ । सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयकु पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए । आज (सोमवार) बसेको बैठकमा आउँदो आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मङ्गलवार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।