ललिता निवास प्रकरणको छानबिनमा पूर्ण सहयोग गर्ने छुः माधव नेपाल

ललिता निवास प्रकरणको छानबिनमा पूर्ण सहयोग गर्ने छुः माधव नेपाल

काठमान्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारकाले ललिता जग्गा प्रकरणको छानविनलाई पूर्ण रुपमा सहयोग गर्ने बताउनुभएको छ । 

युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई सोमबार स्वदेश फर्कनुभएका अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै ललिता निवास जग्गा प्रकरणमा आफुले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा पूर्ण सहयोग रहने बताउनुभएको हो ।

भ्रष्टाचार लेनदेन आफुले नगरेकाले आतिनुपर्ने कुनै अवस्था नरहेको उहाले बताउनुभयो । उहाले देशका लागि केहि गरौ भन्दा आफुलाई खुसी र गर्व लाग्ने बताउनुभयो ।

उहाले बिभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेपछि आफुलाई जोडेर बिभिन्न बिषय उठाएकाले बीचमै फर्किएको उल्लेख गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले सुन तस्करी प्रकरणमा अर्को छानविन समिति गठनको बिषयमा लगातार सदन अवरुद्ध गर्नु उचित नभएको बताउनुभयो । 

आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन जानु भएका अध्यक्ष नेपाल भ्रमण छोट्याएरस्वदेश फर्कनु भएको हो । उहाँ यही साउन २२ गते पार्टी सम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।