‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभामा पेस
काठमान्डौं । ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभामा पेश भएको छ । मंगलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयक पेश गर्नुभएको हो ।
विधेयक प्रस्तुत गर्दै मन्त्री रिजालले विद्युतीय माध्यमबाट बस्तु तथा सेवाको कारोवार बढ्दो क्रममा रहेकाले यसलाई नियमन, सहजीकरण तथा व्यवस्थीत गर्न कानून आवश्यक रहेको बताउनुभयो ।
विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसायको प्रवद्धर्न गर्नका लागि यसको आवश्यकता भएको उहाले बताउनुभयो । यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराउनुभएको थियो ।
admin