विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने २ जना पक्राउ
वीरगन्ज । विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-१४ भवरा टोल वस्ने २० वर्ष को धिरज पासवान र २२ वर्ष को उसमान खान रहेका छन्।
गत साउन ३२ गते राति कलैया-१२ सितपुर थरुवा पिप्राढीस्थित जडान रहेको १०० के.भि.ए. क्षमता भएको ट्रान्सफर्मरबाट क्वाईलहरू चोरी भएको अनुसन्धानको क्रममा दुवै जनालाई क्वाइलसहित प्रहरीले पक्राउ गरेको हो।
२ जनालाई सुवर्ण गाउपालिका-५ औरैया टोलबाट ट्रान्सफर्मरको तीन थान ठूलो क्वाईल , सानो साईजको दुई थान, दमकल एक थान र पम्पी सेटको पाईप एक थानसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए।
admin