निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्नेः प्रधानमन्त्री
काठमान्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ । २० औं निजामती सेवा दिवस, २०८० का अवसरमा शुक्रबार सिंहदरबार निजामती सेवा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले विधेयक सदनमा पेश गर्ने निर्णय गरेको उल्लेख गर्दै राजनीतिक दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने बताउनुभएको हो ।
उहाले नयाँ विधेयकमा टे«ड युनियनको विद्यमान व्यवस्था र अधिकारलाई कुनै परिवर्तन नगरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको उहाले बताउनुभयो । उहाँले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको प्रस्ट पार्नुभयो ।
संविधानको मूल मर्म र भावनालाई आत्मसात् गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधार साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेकाले यसका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध आवश्यक रहेको धारणा राख्नुभयो ।
कारको व्यवस्थालाई ठोसरूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने बताउनुभयो । कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कृत गर्नुभएको थियो ।
admin