लिभिङ् टुगेदरमा बस्दा विवाद भएपछि पर्सामा बलात्कारका घटनामा बृद्धि

लिभिङ् टुगेदरमा बस्दा विवाद भएपछि पर्सामा बलात्कारका घटनामा बृद्धि

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बितेको आर्थिक वर्षको कार्यप्रगती सार्वजनीक गरेको छ । प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले गत आर्थिक वर्ष २०७९र८० मा भएका कामका बारेमा शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।

उनले प्रस्तुत गरेको तथ्यांकअनुसार पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बृद्धि भएको पाइएको छ । पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा गत आर्थिक वर्ष २०७९र८० मा बलात्कार, हत्या लगायतका गम्भिर अपराधका घटनाहरु बढेको प्रहरी उपरीक्षक शाहले प्रस्तुत गरेको तथ्यांकले स्पष्ट पार्छ । 

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा जबरजस्ति करणी (बलात्कार), जबरजजस्ती करणी उद्योग, कर्तब्य ज्यान (हत्या), बाल यौन दुव्र्यवहार, मानव बेचबिखन गरि गम्भिर अपराध सम्बन्धि ६६ वटा मुद्धा दर्ता भएका थिए । तर गत आर्थिक वर्ष २०७९र८० मा भने उक्त अपराधको संख्या बढेर ७८ वटा मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

उनकाअनुसार गत आर्थिक वर्षमा सबै भन्दा बढि बलात्कार र बलात्कारको प्रयास सम्बन्धि घटना भएका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरि ५४ वटा मुद्धा दर्ता भएका छन् । 

अघिल्लो आर्थिक वर्षमा भने पर्सा प्रहरीमा बलात्कारका ३४ र बलात्कारको प्रयासका १३ वटा गरि ४७ वटा मात्र मुद्धा दर्ता भएको थियो । पर्सामा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बलात्कार र बलात्कारको प्रयासका गरि ७ वटा घटना बढी भएको प्रहरी उपरीक्षक शाहले बताए ।

यस्तै पर्सा प्रहरीमा गत आर्थिक वर्षमा कर्तब्य ज्यान (हत्या) सम्बन्धि १६ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्तब्य ज्यान सम्बन्धि ११ वटा मात्र मुद्धा दर्ता भएका थिए । गाँउघरमा पछिल्लो समय विवाहको उमेर नपुगेका किशोरी आफनो प्रेमीसंग भागेपछि किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जबरजस्ति करणीको मुद्धा दर्ता गराउने गरेका कारण बलात्कारका मुद्धा दर्ताको संख्या बढेको उनले बताए ।

यसका साथै लिभिङ टुगेदरमा रहेका प्रेमी प्रेमिका बिच पछि गएर सम्बन्ध बिग्रिएपछि प्रेमिका (युवती वा महिला) ले प्रेमी विरुद्ध बलात्कारको मुद्धा दर्ता गराउने गरेका कारणले पनि बलात्कार सम्बन्धि मुद्धा दर्ताको संख्या बढि देखिन गएको उनले बताए ।