हिमालयन डिस्ट्रिलरीद्वारा एम्बुलेन्स खरिदका लागि २० लाख सहयोग
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित हिमालयन डिस्ट्रिलरी लिमिटेडले स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिदका लागि २० लाख रकम उपलब्ध गराएको छ ।
वडाअध्यक्ष राधाकृष्ण रौनियारको आग्रहमा सामाजिक उत्तरदायित्वअनुरुप कम्पनीका प्रबन्ध निर्देशक नविन उपाध्यायले वडा नम्बर २१ स्थित स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलाई २० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
वडाको स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिद गर्न र उक्त एम्बुलेन्समार्फत बिरामीहरुलाई आवतजावत गर्न सहज होस् भन्ने अभिप्रायका साथ आफुले सहयोगका लागि आग्रह गरेको वडाअध्यक्ष रौनियारले बताए ।
कम्पनीका प्रबन्ध निर्देशक उपाध्यायले सामाजिक जिम्मेवारी निर्वाह गर्नका लागि कहिलै पछाडी नहट्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि एक वटा विद्यालयलाई आर्थिक सहयोग गरेको स्मरण गर्र्दै उनले आगामी दिनमा पनि समाजको हित हुने क्षेत्रमा सहयोग गर्ने बताए ।
वडाअध्यक्ष रौनियारसँगै जनप्रतिनीधि, स्थानीय बुद्धिजिवी लगायतको उपस्थितीमा एम्बुलेन्स खरिदका लागि २० लाख बराबरको चेक हस्तान्तरण गरिएको वडाअध्यक्ष रौनियारका स्वकिय सचिव समिर आलमले जानकारी दिए ।
admin