पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी घाइते

पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी घाइते

पर्सा । पर्सामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । जिल्लाको विन्दबासिनी गाउँपालिकाको गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएको बेला विद्यार्थी र प्रहरीबीच झडप हुदा प्रहरीले कुटपिट गरेको विद्यार्थीहरूले बताएका छन्।

गर्दौल माध्यमिक विद्यालयका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९ देखी १२ सम्मका अध्ययनरत विद्यार्थीहरूले आज गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए ।

सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।-तराई रिपोर्ट