वीरगन्जको छपकैयामा एक महिलाको हत्या

वीरगन्जको छपकैयामा एक महिलाको हत्या

वीरगन्ज । वीरगन्जमा आफ्नै घरमा १ महिलाको हत्या भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहको हत्या भएको हो । प्रहरीका अनुसार, शुक्रबार बिहान टाँउकोमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए । प्रहरीका अनुिार, पुनमदेवीको हत्या कसले र किन गरेकोे भन्ने खुल्न सकेको छैन । मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन् । पति गगनदेव कामको शिलशिलामा भारतमा र छोरापनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।-मधेश खबर