जिल्ला हुलाक कार्यालय पर्सामा एन्यूज टिभीको छड्के
वीरगन्ज । जिल्ला हुलाक कार्यालय पर्सामा एन्यूज टिभीले छड्के अनुगमन गरेको छ । एन्यूज टेलिभिजनको कार्यक्रम एन्यूज ग्राउण्ड जिरो रिपोर्टीङ्गको प्रत्यक्ष प्रसारण आइतवार हुलाक कार्यलयबाटै गरिएको हो ।
इमेल, इन्टरनेटको प्रविधि विकास भइसकेको अवस्थामा हुलाक कार्यालयका सेवा प्रवाहको बारेमा जनतालाई सुसुचित गराउने अभिप्रायका साथ कार्यक्रम कार्यालयबाटै प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रम प्रस्तोता एवम् एन्यूज टेलिभिजनका कार्यक्रम संयोजक राजेन्द्र सिंहले जानकारी दिए ।
सिंहकाअनुसार कार्यालयमा कार्यालय प्रमुख र सूचना अधिकारी बिदामा थिए भने अरु सबै कर्मचारी उपस्थित थिए । सो अवसरमा कार्यालयले विभिन्न सरकारी तथा निजी संस्थाहरुका चिठीहरु ल्याउनेदेखि लिएर प्रहरीले नलिएका उजुरीहरु हुलाकमार्फत पठाउने काम हुने गरेको निमित्त कार्यालय प्रमुख नायब सुब्बा चन्द्रदेव दासले जानकारी दिए ।
उनकाअनुसार पूरानै प्रविधि भएपछि व्यक्तिगत चिठीहरु पठाउने संख्या अत्यन्तै न्यून भएपनि सरकारी कार्यालय, निजी कार्यालयहरुका चिठीहरु आदानप्रदान सँगै निवेदनहरुमा टाँसिने टिकटको बिक्रिवितरण कार्यालयबाट हुने गरेको छ ।
दुई रुपैयाँदेखि १ सय रुपैयाँसम्मका दैनिक औषतमा करिब १४ हजार रुपैयाँसम्मको टिकट बिक्रि वितरण हुने गरेको पनि उनले जानकारी गराए । यसका अलावा पत्रिकाहरु निकासा गर्ने, पोस्टबक्स नम्बर लिने र लिएकाहरुको नविकरण गर्ने, केबलको नविकरण लगायतका सेवा पनि हुलाक कार्यालयबाटै प्रभाव हुने गरेको दासले बताए ।
admin