स्रोत नखुलेको रकमसहित पर्साबाट १ जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको रकमसहित पर्साबाट १ जना भारतीय नागरिक पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मनवा बजारस्थित प्रहरी चौकी मनवाबाट खटिएको टोलीले एकजनालाई १ लाख २४ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो । 

बिआर २२ ए जे ३१९९ नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा भारत बिहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने ३५ वर्षीय लालु मियाँको साथबाट प्रतिबन्धित ५ सय दरको नोट २ सय ४९ थान र भारतीय १ सय दरका नोट २ थान र रु २० दरका ३ थान नोट बरामद भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

गिरीकाअनुसार बरामद रकम र मोटरसाइकलसहित लालु मियालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।