एमालेद्वारा सोमबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

एमालेद्वारा सोमबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमान्डौं । प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण सोमबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ ।सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सो क्रममा एमाले सांसद दिल कुमारी रावल थापा पार्वतीले यसअघि गठन भएको छानविन समितिले निष्पक्ष छानविन गर्न नसक्ने भएकाले उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो । राजधानी भित्रै ठूलो परिणाममा सुन गाल्ने मेशिनहरु फेला परेको अवस्थामा सरकार के गरिरहेको छ भन्ने प्रश्नचिन्ह खडा भएको उहाले बताउनुभयो ।

उहाले सुन प्रकरण संगठीत अपराधका साथै अन्तराष्ट्रिय छविसंग पनि जोडिएको बिषयलाई सरकारले छानविन गरेर नपुग्ने जिकिर गर्नुभयो । उहाले प्रतिपक्षीले उठाएका सवालहरुको सम्बोधन नभए सदन चल्न नसक्ने स्पष्ट पार्नुभयो ।

बैठकमा राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दा पनि एमाले सांसदहको विरोध कायमै रहेपछि बैठक साउन २४ गते बुधबार सम्मका लािग स्थगित गरिएको छ ।