रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्जको अध्यक्षको जिम्मेवारी अग्रवाललाई
वीरगन्ज । रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्जको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष अभिशेक सर्राफको अध्यक्षतामा भएको पदस्थापन समारोहलाई सम्बोधन गर्दै रोटरीयन शशी रञ्जन कलवारले क्लब एक सामुदायिक संस्था भएको हुँदा सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यसअघि पनि क्लबले विभिन्न क्षेत्रमा सह्रानीय कार्य गरेको बताउँदै उनले आगामी दिनमा पनि समाजलाई सही दिशामा निर्देश गर्ने खालका गतिविधि गर्न सुझाव दिए । पदस्थापन समारोहलाई रञ्जीत अग्रवाल लगायतका व्यक्तिहरुले सम्बोधन गर्दै निवर्तमान कार्यसमितिलाई बधाईसहित नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।
निवर्तमान अध्यक्ष सर्राफले क्लबका वर्तमान अध्यक्ष पियुष अग्रवाललाई ब्याज र कलर लगाएर पद हस्तान्तरण गरेका थिए । अघिल्लो वर्ष क्लबले गरेका कामको कदर गर्दै निवर्तमान अध्यक्ष सर्राफले आफ्नो कार्यकालका सबै पदाधिकारी एवम् सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
साथै उनले आफ्नो कार्यकाललाई सफल बनाइदिएकोमा आभार व्यक्त गर्दै यस वर्षका नेतृत्व गरीरहेका पियुष अग्रवाललाई पनि सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । अहिलेको नेतृत्वले पनि सही ढंगले काम गर्ने उनको विश्वास छ ।
सोही अवसरमा १२ जना नयाँ सदस्यहरु पनि क्लबमा आवद्ध भएका छन् । उनीहरुलाई पनि ब्याच प्रदान गर्नुका साथै नयाँ पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण पनि गरिएको क्लबका पूर्व अध्यक्ष अमित सर्राफले जानकारी दिए । सर्राफकाअनुसार क्लबमा फरक फरक पेसा अंगालेका व्यक्तिहरु आवद्ध हुँदा सबै क्षेत्रका गतिविधिमा संलग्न हुन सहज हुनेछ ।
पदस्थापन कार्यक्रममा वीरगन्जका रोटरी क्लबका पदाधिकारी एवम् सदस्यका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधिहरुको पनि उपस्थिती रहेको थियो ।
admin