पर्साबाट ८० जना तिर्थयात्री स्वर्गद्वारीका लागि प्रस्थान
वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित भाठा धामको संरक्षणका लागि गठीत आदर्श कावरिया संघका ८० जना जल ल्याउन प्युठानको स्वर्गदारीका लागि प्रस्थान गरेका छन् । भाठाा धामबाट पूरानो प्रचलनअनुरुप जल अर्पण गर्नका लागि संघका पूर्व अध्यक्ष राजेश्वर महतो थारु, वर्तमान अध्यक्ष राजेश्वर पञ्जियार, कोषाध्यक्ष शम्भु महतो थारु लगायत ८० जना प्यूठानको स्वर्गद्वारी मन्दिरका लागि प्रस्थान गरेका हुन् ।
४० वटा मोटरसाइकलमार्फत ३ जना महिलासहित ८० जना आआफ्नै खर्चमा स्वर्गदारी गएका हुन् । २०४६ सालमा संघका ७ जनाले पैदल हिँडेर जल ल्याउने प्रचलन सुरु गरेका थिए । त्यही वर्षदेखि हरेक वर्ष देश तथा विदेशका विभिन्न तिर्थस्थलमा पुगेर जल ल्याई भाठा धामको दुधेश्वर मन्दिरमा अर्पण गर्ने परम्परा चल्दै आएको संघका अध्यक्ष पञ्जियारले जानकारी दिए ।
admin