पाँच किलो गाँँजासहित बाराबाट ३ जना पक्राउ

पाँच किलो गाँँजासहित बाराबाट ३ जना पक्राउ

वीरगन्ज । बाराबाट प्रतिबिन्धित गाँजा सहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–१३ बस्ने बलराम लामा, सोहीस्थानका अनिल लामा र शुकराम स्याङतान रहेका छन । प्रहरीले बाराको तामागढीबाट कोल्हबीतर्फ आउदै गरेको ना २ ह १४०० नंम्बरको अटोलाई रोकी चेकजाँज गर्नेक्रममा चालक सहित तीनैजनालाई गाँजासहित पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा अटोको डिक्कीभित्र लुकाई राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई अदालतबाट ६ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।