सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
काठमान्डौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बजेटका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि बजेट पारितमा सहयोग गर्ने निर्णय गरिएको नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । बजेटमा पार्टीको सहमतिलाई बजेटको प्रणालीमार्फत सम्बोधन गर्ने प्रतिवद्धता आएपछि पक्षमा मतदान गर्ने निर्णय गरिएको उहाको भनाइ छ ।
admin