केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय
काठमान्डौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केहि विधान विपरित भएकाले संशोधन गर्न लागिएको र थप केही महिला, समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिनुभयो । त्यस्तै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको उहाले बताउनुभयो ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेश गर्ने र सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने महराले जानकारी दिनुभयो । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि नै काठमाडौंमा सुरु हुँदैछ ।
admin