नेपाली सेनाको संख्या घटाउन नहुने बामदेव गौतमको भनाई

नेपाली सेनाको संख्या घटाउन नहुने बामदेव गौतमको भनाई

काठमान्डौं । राष्ट्रियसभाका सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउन नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको बिशेष समयमा गौतमले सेनाले अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास रहेको भन्दै सेनाको संख्या घटाउन नहुने बताउनुभएको हो ।

उहाले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सेनाको संख्या घटाउर्दै त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउदै गौतमले अहिले संघीय संसदमा सांसदको संख्या घटाउनुपर्ने धारणा राख्नुभयो ।

संघीय संसद र स्थानीय तह रहेको अवस्थामा प्रदेश सभाको केहि काम नरहेको उहाले बताउनुभयो । गौतमले अहिलको संसद संरचना रहदासम्म नेपालको बिकास हुन नसक्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले काँग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको भन्दै कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताउनुभयो । उहाले दलहरुले गोप्य रुपमा बैठक गर्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो ।