अन्तर्राष्ट्रिय युवा दिवसमा एन्यूजकर्मी सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसमा एन्यूजकर्मी सम्मानित

वीरगन्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्ज पब्लिक कलेज (बिपिसी) ले एन्यूज टेलिभिजनका समाचार वाचक सूर्यनारायण वि.क.लाई सम्मान गरेको छ । एन्यूजकर्मी सूर्यसँगै विभिन्न क्षेत्रमा योगदान दिएका फरक फरक क्षेत्रका ४ जना युवालाई वीरगन्ज पब्लिक कलेजले एक कार्यक्रमका बीच सम्मान पत्रमार्फत सम्मान गरेको हो । 

महिलाका सवाललाई उठान गर्नका लागि महिलाहरुले नै सञ्चालन गरेको मध्यनेपाल सन्देशकी सम्पादक कविता खड्का, सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी भोलेन्टियर ग्रुपका संयोजक राजन श्रीवास्तव, मानवताको क्षेत्रमा क्रियाशिल मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका संयोजक देवेश गुप्ता पनि सम्मानित भएका हुन् । उनीहरुलाई कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधर, र सहायक प्रधानाध्यापक अर्विन्द श्रेष्ठले सयुँक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई प्रेरित गर्नका लागि र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक कार्यप्रति जिम्मेवार बनाई ऊर्जा थप्ने अभिप्रायका साथ विभिन्न क्षेत्रमा योगदान दिएका युवाहरुलाई सम्मानित गरिएको कलेजका प्रधानाध्यापक हरिरत्न तुलाधरले बताए ।