कांग्रेसको प्रचारप्रसार विभागको सदस्यमा पर्साबाट पौडेल र गुप्ता मनोनित
वीरगन्ज । नेपाली कांग्रेसले मधेस प्रदेशका आठवटै जिल्लाबाट संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ ।
पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेको कांग्रेस मधेस प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको हो ।
विभागमा पर्साबाट दुई जना परेका छन् । पर्साबाट निलिमा पौडेल र राहुल गुप्तालाई मनोनित गरिएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले जानकारी दिए ।
पौडेल नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् भने गुप्ता प्रेस युनियन मधेस प्रदेशको लेखा समिति सदस्य हुन् ।
कांग्रेसको प्रचार प्रसार विभागको सदस्यमा सप्तरीकी जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहाका विनोद मण्डल र विदु सिंह, धनुषाका निरञ्जन साह र कमल साह, महोत्तरीका सन्तोष सिंह र हदिस खुदारलाई मनोनित गरिएको छ ।
यस्तै सर्लाहीका निकेश त्रिपाठी, रोशन कुमार साह, रौतहटका सागर हुमागाई, प्रभात कुमार झा र राजेश्वर पाण्डे, बाराका सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्तालाई पनि मनोनयन गरिएको छ ।
admin