वीरगन्जबाट भन्सार छलीका चकलेट बरामद, प्रहरीद्वारा भन्सार चलान
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर ल्याउँदै गरेको साढे ४ लाख मूल्य बराबरको चकलेट बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोवलस्थित घर कोठा भाडामा लिई अनधिकृत रुपमा भण्डारण गरिएको अवस्थामा ७४ कार्टुन चकलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
गिरीकाअनुसार बरामद गरिएका विभिन्न किसिमका चकलेटलाई ४ लाख ४९ हजार ४० रुपैयाँ मूल्याङ्कन गरिएको छ । बरामद चकलेटलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
admin