मुर्लीका स्थानियहरुले देवघाटबाट ल्याईएको जल वीरगंजको पशुपतिनाथमा अर्पण
वीरगन्ज । वीरगन्ज मुर्लीका स्थानियहरुले देवघाटबाट ल्याएको जल पुशपतिनाथ मन्दिर तथा हरिहरनाथ मन्दिरमा अपर्ण गरेका छन। वडा नं. १२का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको नेतृत्वमा ३१५ जना स्थानिय ८ वटा बसमा वडा अध्यक्षकै निजी लगानिमा देवघाट गएका थिए ।
धार्मिक स्थालमा जाने मन भएको तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सो व्यवस्था मिलाईएको थियो। सोमबार बाबा पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गरेपछि स्थानियले वडा अध्यक्षको प्रशंसा व्यक्त गरेका छन ।
admin