सशस्त्र प्रहरीद्वारा ठोरीबाट २०४ लिटर घरेलु मदिरा बरामद
वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ स्याउलीवस्तीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध घरेलुु मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले स्याउलीवस्तीको नाका हुँदै भारत लैजाँदै गरेको अवस्थामा प्लास्टिकमा प्याकिङ गरिएको ५ वटा बोरामा रहेको २ सय ४ लिटर घरेलु मदिरा बरामद गरेको थियो ।
बरामद गरिएको मदिरा वडाअध्यक्ष अष्टबहादुर लोप्चन, स्थानीयवासी, नेपाल प्रहरी र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक खातीले जानकारी दिए ।
admin