अवरुद्ध संसदको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको उद्घोष
काठमान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध संसदको कुनै पनि सेवा सुविधा नलिने भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउदै रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको कुनै पनि सेवा नलिने जानकारी गराएको हो ।
रास्वपाका सभापति रवि लामिछानेले अवरुद्ध भएका बेला संसदको कुनै पनि सुविधान पाएको भए त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्था गर्न सभामुखलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।
त्यस्तै उहाले लगातार सदन अवरुद्ध हुँदा सांसदहरुको सार्वभौम अधिकार हनन पुगेको भन्दै जारी अधिवेशन नियमित गर्न आवश्यक पहलकदमी लिन र राजनीतिक पार्टीहरुलाई यसतर्फ सजक गर्न सभामुखलाई आग्रह गरिएको बताउनुभयो ।
लामिछानले अहिले बिभिन्न प्रकरण लगाएतका जनताका मुद्दाहरुलाई सदनबाट अभिव्यक्त गर्न पाउने वातावरण बनाउनुपर्ने जिकिर गर्नुभयो ।
admin