मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुन:पारित

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुन:पारित

काठमान्डौं । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरिएको हो ।

सरकारले मिटरव्याजसम्बन्धी समस्या सम्बोधन गर्न उक्त विधेयक ल्याएको हो ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव राख्नुभएको थियो ।

त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा कानूनमन्त्री गुरुङले  अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको बताउनुभयो । उहाँले केहि प्राविधिक कारणले उक्त विधेयक अघि बढाउन ढिलाई भएकोमा माफी माग्दै आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने जिकिर गर्नुभयो 

त्यस्तै बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधान बमोजिमका प्रावधान र समयावधिको पालना गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।  राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बोलाइएको छ ।