सीमित स्रोतका कारण केही योजनामा बजेट बिनियोजन भएन: पर्यटनमन्त्री किराती
काठमान्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, ंकानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रालयसम्बन्धी शीर्षकमा अधिकतम कार्यक्रम समेटिए पनि कतिपय कार्यक्रम छुटेकामा आफू दुःखी रहेको बताउनुभयो ।
“बजेटसँगै खुसी पनि बाँडियो भन्ने लागेको थियो । तर, बजेटसँगसँगै दुःख पनि बाँडिएछ”, उहाँले भन्नुभयो, “बजेट परेका योजनामा कम बजेट भएको छ भने बजेट नै नपरेका योजनामा त खुसी हुने कुरै भएन । अझ रिसाउनुभएको छ ।” मन्त्री किरातीले आफूसँग आएका हजारौँ मागमध्ये छानेस सम्बन्धित मन्त्रालयमा पठाएको बताउनुभयो । “बजेटको सीमाले कतिपय कार्यक्रम छुटेका छन् । स्वाभाविकरुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसका निम्ति म यो सदनमा क्षमाप्रार्थी छु”, उहाँले भन्नुभयो । पर्यटनमन्त्री किरातीले नेपालमा विकासको ढाँचा सच्याएर सङ्घीयताको मर्म र भावनाअनुसार योजनाको वर्गीकरण र प्राथमिकीकरण गरिनुपर्ने उल्लेख गर्नुभयो ।
admin