आशिफ शेखको सर्वत्र प्रशंसा, समाज सेवी बृजेशवर प्रसाद चौधरीद्धारा पुरस्कारको घोपणा
वीरगन्ज । नेपाल र भारतको बिच हिजोको खेलामा वीरगन्जका आशिफ शेखले गरेको अर्धसतकको सबै तिर प्रशंसा हुदैछ । बिभिन्न स्थानबाट उनको मनोबल बढाउन पुरस्कार स्वरुप राशी दिने उद्घोष पनि हुन थालेको छ ।
वीरगन्जका समाज सेवी बृजेशवर प्रसाद चौधरीले हिजो खेलमा सबै खेलाडीले राम्रो खेल प्रदर्शन गरेकोे तर वीरगन्जको आशिफको खेल निकै रोमाञ्चक रहेको तथा वीरगन्जको गौरब बढाउने काम भएको भन्दै खुशिले रु ११ हजार पुरस्कार दिने बताएका छन । उनले आफुजस्तै सबैमा खेलाडीको मनोबल तथा उत्साह बढाउन स्वस्फुतरुपमा पुरस्कार दिन पनि अपिल गर्नुभयो ।
admin