खसी चोर्ने २ जना पक्राउ
वीरगन्ज । खसि चोर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खसि चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका–१ वस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो ।
केल्हवी ५ बस्ने उपेन्द्र चौधरीको खसि चारेर भाग्दै गरेको अवस्थामा दुबैजनालाई ना. ४७ प ८३४१ नं.को मोटरसाईकल सहित पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानै जानकारी दिए । पक्राउ परेका दुबैजनालाई अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको उनले बताए ।
admin